• २०८३ कार्तिक १९
  • 2026 November 04, Wednesday

चितवनमा कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ।

बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा पश्चिम बंगालको नम्बर प्लेट भएको डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो । दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको राहदानी फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला कारमा चालक मात्र सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।