• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

एनएमबि बजार आयोजना हुँदै

एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्धन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । एनएमबि बैंकले नेपालीहरुको चाड दशै र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो ।

 

जसमा ६० भन्दा बढी स्टलहरू राख्ने जानकारी गराइएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको जनाएको छ ।

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोस मार्फत सहुलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ । एनएमबि बैंकले यही असोज ८ गते, शनिबारको दिन सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म कार्यक्रम आयोजना गर्ने जनाएको छ ।