• २०८३ कार्तिक २६
  • 2026 November 12, Thursday

राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सर्वोच अदालतमा बिहीबार रिट परेको हो ।

सुनिल रञ्जनसिंहलगायतले सर्वोच्चमा रिट हालेकाे सर्वाेच्च अदालत स्राेतले बताएकाे हाे ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको उनीहरुकाे आराेप छ ।