• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने, सर्तक रहन अपिल

काठमाडौ । मौसम पूर्वानुमान शाखाले सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने बताएपछि प्रदेश सरकारले सर्तक रहन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय अत्तरियालाई उद्दृत गर्दै प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस्तो अपिल गरेको हो।

प्रदेश सरकारले १० गते सोमबारसम्म कञ्चनपुर, बैतडी र दार्चुलामा अझ जोखिम रहेको उल्लेख गर्दै खोज, राहत तथा उद्दारका लागि तयारी अवस्थामा रहन सबै निकायलाई आग्रह समेत गरेको छ। सरकारले विपद व्यवस्थापन समिति, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा सर्वसाधारणमा सर्तकता अपनाउन आग्रह गरेको हो।