• २०८३ साउन २८
  • 2026 August 13, Thursday

कर्णाली प्रदेश प्रमुखको कार्यभार शेरचनलाई

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई तोकेकी छिन्।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार यही असोज १९ र २० गते क्यानडाको ओटावामा ​आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएका कारण कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी शेरचनलाई दिइएको हो।

प्रधानमन्त्रीको सिफारिसमा परियारको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।