• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

सहरी विकासमन्त्री मेटमणि चौधरीद्वारा सरकारी गाडी फिर्ता

दाङ  । सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गर्नुभएको छ । उहाँ दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार हुनुहुन्छ ।

उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गर्नुभएको हो।

चुनाव अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरुप मन्त्री चौधरीले शुक्रवारदेखि अर्कै गाडी प्रयाेग गर्नुभएकाे प्रेस संयोजक सूर्य वीसीले जानकारी दिनुभएको छ ।