• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अपूर्व क्षितिज आज पनि थुनामै रहने

काठमाडौं । कमेडियन अपूर्व क्षितिज बुधबार पनि हिरासतमै रहने भएका छन् ।

स्ट्याण्ड अप कमेडीमा लोकप्रिय युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण नेवार समुदायको भावनामा आँच पुगेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

उनीमाथिको उजुरीबारे अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको प्रतिवेदन पेश गरे पनि अभियोग दर्तासहितका अदालती काम नसकिएका कारण उनी थुनामै रहने जिल्ला प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।

उनलाई बिहीबार फेरि अदालत लगिने उनले बताए ।