• २०८३ साउन २५
  • 2026 August 10, Monday

गठबन्धनबिना सरकार बन्न नसक्ने शेखर कोइरालाको दाबी

विराटनगर  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने बताएका छन्। विराटनगरमा आज आयोजित लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने बताउँदै निर्वाचन अगाडि होस् वा पछाडि गठबन्धन हुन जरुरी रहेको बताए। गठबन्धन संविधानलाई रक्षा गर्न, असल शासन दिनलाई सम्बद्ध नेपाल निर्माण गर्न गठबन्धनको जरुरी रहेको बताउँदै उनले भने, ‘यो गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहनेछ।’