• २०८३ असोज १२
  • 2026 September 28, Monday

आमाको हत्या अभियोगमा छाेरा पक्राउ

काठमाडौं । आफ्नै आमाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै डेरामा जय बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।