• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

डडेलधुराबाट सागर ढकालको हारगुहार- मलाई चुनाव प्रचार-प्रसार गर्न रोक लगाइयो

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको बताएका छन् ।

उनले सोमवार सामाजिक सञ्जालमा एक वब्तव्य लेखेर आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका छन् ।

ढकालले प्रधानमन्त्री देउवाले खुल्लमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको आरोप सहित आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका छन् ।

ढकालले भनेका छन्- मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुल्लमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिङ गर्न पनि दिएको छैन ।