• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

राष्ट्रपति भण्डारीले गरिन् सरकार गठनको आह्वान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।

आइतबार विज्ञप्ति सार्वजनिक गरेर भण्डारीले सात दिनभित्र सरकार गठन गर्नका लागि आह्वान गरेकी हुन् ।

निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन पेश भएपछि राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिबाट आह्वान भएको हो ।