• २०८३ कार्तिक २७
  • 2026 November 13, Friday

कांग्रेस संसदीय दलको बैठक सकियो, कार्यसमितिलाई पूर्णता दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

यस प्रक्रियालाई यथाशीघ्र सुरू गरिने पनि उनले बताए। यस्तै अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने भएको छ।

त्यसदिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।

दलको बैठकले मतदाता, पार्टीका कार्यकर्ता, निवर्तमान सरकार, लगायतलाई धन्यवाद पनि ज्ञापन गरेको छ।