• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

भोलिसम्म मन्त्रालयको जिम्मेवार जिम्मेवारी समर्थन फिर्ता लिनसक्छु : खानेपानी मन्त्री खान

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले उद्योग र सहरी विकास मन्त्रालयमध्ये एउटा नदिए सरकारमा नबस्ने चेतावनी दिएका छन्।
आज संसद भवन अगाडी पत्रकारले सोधेको प्रश्नमा जवाफ दिदै उनले भोलिसम्म निर्णय गर्ने भनेकाले भोलिसम्म पर्खने नदिए सरकारको समर्थन छाडने बताएका छन् ।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले आफूहरूलाई उद्योग मन्त्रालय दिने सहमति भएको र त्यस्तो नभए सहरी विकास मन्त्रालय चाहिने बताए।

उनले खानेपानी मन्त्रालय मात्रै दिने भए अर्को मन्त्रालयसमेत चाहिने बताए।

आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै खानले पदभार सम्हाल्न अस्वीकार गरेका छन्। मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्।

पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो। अहिले बाँडफाँट गर्दा खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट बनेको हो।