• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ।

बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बस्नेछ।

सोमबारबाट शुरू भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ।

नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धि प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो।

त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलबार बोलाइएको स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो।

यो सँगै स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो।

पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले आज पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।