• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

सुन तोलामा ५ सय रूपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको हो।

गत शुक्रबार प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ कोरोबार भएको सुन आज आइतबार प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

संघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला पाँच रूपैयाँले बढी हो। शुक्रबार चाँदी प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६५अमेरिकी डलरमा कारोबार भइरहेको छ।