• २०८३ साउन २८
  • 2026 August 13, Thursday

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौँ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्षझैँ यसपाली पनि सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोह गरेर प्रजातन्त्र दिवस मनाइएको हो ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मुल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।

समारोहमा नेपाली सेनाको दुई हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै देशप्रेमका कालजयी गीतहरुको धुन र व्याण्ड बजाएर प्रजातन्त्र दिवस मनाइएको छ ।