• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

तीनवटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने एकीकृत समाजवादीकाे निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने भएको छ ।

बुधबार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौ’बैठकपछि खतिवडाले भने, ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौँ ।’

उनले प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने बताए ।

यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।