• २०८३ साउन २८
  • 2026 August 13, Thursday

१८ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं । १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले शुक्रबार १८ जना एसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवामा पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्रबहादुर खत्री, तेस्रोमा विष्णुकुमार केसी र चौथोमा सानुराम भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको हो ।

यस्तै, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोख्रेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोख्रेल, तारादेवी थापा र प्रज्वल महर्जनलाई एसएसपी बढुवामा सिफारिस गरेको छ ।