• २०८३ साउन २५
  • 2026 August 10, Monday

आफ्नो कीर्तिमान तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरे कामिरिता

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार शेर्पा बुधबार बिहान साढे बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्। यसअघि २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा अहिले ५३ वर्षका भए। उनी पहिलोपटक सगरमाथा चढ्दा २४ वर्ष थिए।