• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

रेशम चौधरीलाई आममाफी दिने निर्णय स्वीकार्य छैन : एमाले सचेतक बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्।

उनले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउन सरकारले सो काम गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस निर्णयले पीडितलाई थप पीडित बनाउने बताए। सरकारले कानुनी राज‍्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको पनि उनले बताए।