• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

एमालेले फेर्‍यो कोशी प्रदेशका सबै जिल्ला इन्चार्ज

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशका सबै जिल्ला ईञ्चार्ज हेरफेर गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले प्रदेशसहित सबै जिल्ला ईञ्चार्ज फेर्ने निर्णय लिएको हो।

एमालेले राजेन्द्र गौतमलाई प्रचार विभाग प्रमुखमा लगेपछि कोशी प्रदेश ईञ्चार्जमा केन्द्रीय सचिव रघुवीर महासेठलाई लगिएको छ। प्रदेश इन्चार्ज हेरफेर गरेसँगै एमालेले जिल्ला इन्चार्ज पनि फेरेको हो।

एमालेले मोरङ जिल्ला इन्चार्जमा स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई लगेको छ। मोरङकी डा. शिवमाया तुम्बाहाङ्फेलाई इलाम जिल्ला इन्चार्ज बनाएको छ।

गौतमका अनुसार झापामा विशाल भट्टराई, सोलुखुम्बुमा किशोर अधिकारी, ओखलढुंगामा खगेन्द्र राई, खोटाङमा राजेन्द्रकुमार राई, संखुवासभामा जीवन घिमिरे, उदयरपुरमा पर्शुराममेघी गुरुङलाई ईञ्चार्ज बनाएको छ।

बैठकले भोजपुरमा रविन कोइराला, तेह्रथुममा टंक आङबुहाङ, सुनसरीमा शेरधन राई, धनकुटामा विनोद ढकाल, ताप्लेजुङमा वसन्तकुमार नेम्वाङ र पाँचथरमा तिलकुमार मेन्याङ्बोलाई जिल्ला ईञ्चार्ज बनाएको छ।