• २०८३ साउन २९
  • 2026 August 14, Friday

पब्जीले बालबालिकालाई पागल बनायो,तत्काल बन्द गर्नु पर्छ : सांसद चौधरी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी खेल तत्काल बन्द गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकममा सांसद चौधरीले बालबालिकाहरू पब्जी खेलबाट पागलजस्तै भएकाले तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।

उनले भने ‘आज हाम्रो बालबालिका ठोकठोक मारमार भन्दाभन्दै पागलजस्तो भइरहेका छन् । त्यसैले यो पब्जी गेम तुरून्त बन्द गरियोस ।’

अर्को एक फरक प्रसंग उठाउँदै सांसद चौधरीले बोर्डरमा सय रूपैयाँको सामान ल्याउँदा पनि जफत गर्ने गरिएकाले त्यस्तो कार्य बन्द गर्नु पर्ने माग पनि राखे ।