• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

पशुपति क्षेत्र विकासका पूर्व सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै ढकालले भ्रष्टाचार गरी एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको हो ।

ढकालले गैर कानुनीरुपमा आर्जन गरेको स्रोत नखुलेको सम्पति बिगो निजको नाममा हाल कायम रहेको घरजग्गाबाट प्रचलित ऐन अनुसार बिगो र जरिबाना जफत गरी पाउन माग दाबी गरिएको अख्तियारद्वारा विशेष अदालतमा पेस गरेको आरोपपत्रमा उल्लेख छ ।