• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

राष्ट्रिय सभा आज पनि अवरुद्ध,प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प छैन : सांसद भगवती न्यौपाने

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको आइतवारको बैठक अवरुद्ध गरेको छ ।

आइतबार बिहान साढे ११ बजेपछि सुरु भएको बैठक एमाले सांसदको अवरोध पनि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।

एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीले राजीनामा दिनुको विलल्प नरहेको भन्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताइन् ।

त्यस्तै,उनले प्रधानमन्त्री भारत गएर राष्ट्रघाती सहमति गरेको आरोप समेत लगाएकी छन् ।

उनले भनिन्, ‘उहाँले फुकोट कर्णाली जो मन्त्रिपरिषद्ले पास गरेर नीति कार्यक्रममा नेपालले बनाउने गरि नेपालको पानी जनताको लगानी कार्यक्रम अन्र्तगत नेपालले बनाउँने संसदले पारित गरेको फुकोट कर्णाली उहाँले भारतलाई सुम्पिएर आउनुभयो ।’

यस्तै,संसदमा उत्पन्न गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहाल,एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवा बीच सिंहदरबारमा बैठक बसिरहेको छ ।