• २०८३ साउन २८
  • 2026 August 13, Thursday

आलोचना गर्दा देउवा रिसाउनु हुन्न : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सभापति शेरबहादुर देउवाको आलोचना गर्ने गरेको बताएका छन्।

आलोचना गर्दा सभापति देउवानिकट केहीले सभापतिलाई खुइल्याउन लागेको भन्दै विरोध गरेकोमा शर्माले भने, ‘सभापतिलाई महामन्त्रीले गाली गरे, खुइल्याउन लागे भन्ने धेरै साथीहरूबाट कुरा आएको छ। आलोचना र गालीबीच फरक छ साथी हो।’

सभापतिले विधानअनुसार केन्द्रीय समिति पूर्णता नदिएको, विभाग र भ्रातृ संस्था नबनाएकोमा आफूहरूले आलोचना गरेको पनि उनले बताए।

‘आलोचना गर्दा सभापति देउवा रिसाउनुहुन्न तर साथीहरू सभापतिलाई गाली गर्‍यो भन्नुहुन्छ,’ उनले भने। उनले पार्टीबाट मन्त्रीहरू पठाउँदा पनि दलित, थारूलगायत समुदायको प्रतिनिधित्व हुन नसकेको बताए।

उनले बदलिएको र बलियो कांग्रेस भएर आगामी दिनमा आउने पनि बताए।