• २०८३ साउन २८
  • 2026 August 13, Thursday

राष्ट्रिय सभा आज बस्दै

काठमाडौं । संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहीबार बिहान ११ : ०१ मा बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधि सभामा पठाएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’का सम्बन्धमा प्रतिनिधि सभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ ।

हिजो बसेको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विमानस्थलबाट बाहिरिएको तस्करीको सय केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर सदन अवरुद्ध गर्यो । आजको राष्ट्रिय सभामा पनि एमालेले आफ्नो मागलाई कायम राख्ने बुझिएको छ ।