• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन्।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।