• २०८३ साउन २८
  • 2026 August 13, Thursday

स्वर्णिम वाग्लेसहित रास्वपामा १४ केन्द्रीय सदस्य मनोनीत

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा १४ जनालाई मनोनीत गरेको छ।

तीन दिनदेखि महोत्तरीको जलेश्वरमा बसिरहेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य संख्या बढाउने निर्णय गरेको हो रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले नेपालखबरलाई जानकारी दिए।

यसअघि रास्वपाको ४० सदस्यीय केन्द्रीय समिति थियो। जसमा ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका र मोहनबहादुर थापाले राजीनामा दिएका थिए।

केन्द्रीय सदस्यमा मनोनीत भएकामा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनिता कठायत छन् । थपिएका चौधै जना सांसद हुन् ।

थपिएकामध्ये श्रेष्ठ, वाग्ले, कार्की, खनाल र ढकाल प्रत्यक्ष निर्वाचित सांसद हुन् ।