• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन्छः बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अबको साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने बताएका छन् ।

शुक्रबार २९औँ महानगर दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सहयोगको आग्रह गर्दै अबको साढे तीन वर्षभित्र फोहोरको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए ।

‘हामीले गर्ने केही काम अझै बाँकी छन् । त्यसमा काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरुमध्ये तीनवटा विशेष कामहरु छन् । तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ’ उनले भने, ‘फोहर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षका लागि व्यवस्थापन गर्नुपर्ने पनि छ । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकिन्छ । साढे तीन वर्षभित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’