• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

भोलिदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारदेखि सुरू हुने भएको छ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरू हुने जानकारी दिए।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी छ। दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको थियो। संघीय सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्।

मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो।

कांग्रेसले बिहीबारदेखि हुने केन्द्रीय समिति बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेसले महासमिति बैठक पटक(पटक सार्दै आएको छ।