• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

नेपालकी सीताले लिइन् कुवेतविरुद्ध ह्याट्रिक विकेट

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिले ब्याटिङ् गरेको कुवेतविरुद्ध नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् । उनले खेलको १३ औं ओभरमा ह्याट्रिक विकेट लिएकी हुन् ।

सीताले १३ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेकी हुन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गर्दै आउट गरायोको थियो । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।