• २०८३ साउन २९
  • 2026 August 14, Friday

परराष्ट्र मन्त्री साउदको भारत भम्रण, राम मन्दिर दर्शन गर्न आज अयोध्या जाँदै

काठमाडौं । रायसिना डायलगमा भाग लिन भारत पुगेका नेपालका परराष्ट्रमन्त्री नारायण प्रकाश साउद (एनपी) आज अयोध्यास्थित राम मन्दिरको दर्शन गर्न जान लागेका छन् ।उनले अयोध्याको बहुचर्चित राम जन्मभूमिस्थित राम मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ । राम मन्दिर दर्शन गर्ने मन्त्री साउद नेपाल सरकारका पहिलो प्रतिनिधी पनि हुने छन् ।

मन्दिर क्षेत्रमा परराष्ट्रमन्त्री साउदलाई श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासिचब चम्पत राय सहितका अन्य पदाधिकारीहरुले स्वागत गर्ने जनाईएको छ । परराष्ट्रमन्त्री साउदले राम मन्दिरमा चाँदीले बनाइएको तीर धनुष, गदा, र अन्य शृगांरका सामाग्रीहरु चढाउने छन् ।

परराष्ट्रमन्त्रि साउद आजै साँझ सरयु घाटमा हुने आरतिमा समेत सहभागी हुनेछन् भने उनले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि पुजा गर्ने र आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि पूजाअर्चना र दर्शन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी गराएको छ ।