• २०८३ साउन २५
  • 2026 August 10, Monday

पाँच अग्नीपीडित परिवारलाई २५ बण्डल जस्तापाता

काठमाडौं । भोजपुरका अग्नीपीडितलाई जस्तापाता वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहतस्वरुप जस्तापाता उपलब्ध गराएको हो।

आगलागीबाट पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माण गर्न पाँच परिवारका लागि २५ बन्डल जस्तापाता उपलब्ध गराइएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत सो जस्तापाता वितरण गरिएको एनआरएनएले जनाएको छ ।

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग गरिएको हो । संघका अध्यक्ष बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मल्हम लगाउन प्रयास गरिएको बताए ।