• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

निर्वाचन आयोगविरुद्ध अदालत जान्छुः उपेन्द्र यादव

काठमाडौं। उपप्रधान तथा स्वास्थ्य मन्त्री एवंम जनता समाजवादी पार्टी (जपसा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराएको भन्दै आक्रोश पोखेका छन् ।

बुधबार पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराएको विरुद्ध आफू कानुनी उपचार खोज्ने बताए । गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता भएको र इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै यसको विरुद्धमा अदालतमा जाने बताएका छन् ।

सैद्धान्तिक तथा वैचारिक कुनै फरक नरहेको भन्दै उनले अलग भएका नेताहरू मन्त्री बनेका छन्, सांसद बनेका छन् यो भन्दा बढी आफूले दिन नसक्ने बताए ।