• २०८३ साउन २९
  • 2026 August 14, Friday

संसद् निरन्तर गतिरोध भइरहेका बेला प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज भेट गरेका छन् ।

शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलकाबीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।उक्त भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जारी संसद्को गतिरोधबारे चासो सँगै चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको राष्ट्रपतिलाई जानकारी गराएका छन् ।