• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

एमालेको राष्ट्रिय महिला भेला आजदेखि

काठमाडौं । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु हुँदैछ ।काठमाडौंमा दुई दिनसम्म हुने राष्ट्रिय महिला भेलालाई नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यान्न १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता तथा पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिले सहभागीता जनाउने छन् । करिब पाँच हजार जनाको सहभागितामा राष्ट्रिय महिला भेलाको उद्घाटन हुनेछ ।यस्तै, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुमा निर्वाचित महिला प्रतिनिधिलगायत पनि भेलामा सहभागी हुने बताइएको छ ।

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता दिने व्यवस्था, महिला हिंसाको अन्त्य गर्न राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता लगायतका विषयलाई संसदबाट सङ्कल्प प्रस्ताव पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो ।भेलामा सहभागी महिलाहरुले १२ वटा समूह बनाएर विभिन्न विषयमा छलफल गर्ने आयोजकले जनाएको छ ।