• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

बाँसबारी, गिरीबन्धु र बालमन्दिरको फाइल खोलिनेछ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ ।आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले बालमन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल पनि खोल्ने बताएका हुन ।

‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरीबन्धु र टेरामक्सलगायत सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने । विगतमा यि विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको भन्ने जवाफ पाएको दाबी उनले गरे ।उनले कांग्रेस महामन्त्री गगन कुमार थापालाई राजनीतिमा क्रेडिट, कपीराइट दल वा व्यक्ति विशेषको नहुने जवाफ पनि फर्काए ।

विशेष समयमा बोलेका थापाले आफ्नो दलमाथि सबै राजनीतिक अवस्था र व्यवस्था बिगारेको आरोप लगाउन खोजेको सांकेतिक प्रहार रास्वपामाथि गरेका थिए ।रास्वपा राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको गन्ती गर्दै भने, ‘केही दल र दलका अग्रजहरूले तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिन्छ । आज पनि देखियो ।’

झाले राजनीतिले धेरै ‘कोर्ष’ परिवर्तन गरेको उल्लेख गर्दै अब ‘करिकुलम’ पनि परिवर्तन गर्न जरुरी भएको धारणा राखे
‘कक्षा–५ को किताब पढेर एसईई पास भइँदैन । व्यवस्था परिवर्तन भयो, अवस्था अलिअलि परिवर्तन भयो । सबै परिवर्तन मंैले गर्दा भयो भनेर क्रेडिट लिन सकिन्न । राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन, कपीराइट र क्रेडिट’, झाले भने ।