• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

मुगुमा ३१ सय मेट्रिक टन स्याउ उत्पादन

हिमाली जिल्ला मुगुमा चालु आर्थिक वर्षमा तीन हजार एक सय १३ मेट्रिक टन स्याउ उत्पादन भएको छ । सो मध्ये १ सय ३५

काठमाडौ । मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भने बाँकी मुगुमै खपत भएको छ ।

मुगुका चारवटै स्थानीय तहमा रहेको स्याउ पकेट क्षेत्र छाँयानाथ रारा नगरपालिकाका बाम, रोवा, सोभा, घट्खोला, पिना, ताल्चा, कालापाल्त, लामाचौर, सोरु गाउँपालिकाको सोरुकोट, कालै, बुम्च, खत्याड गाउँपालिकाको सेरी, जाम, खमाले, कवा, कोटीला तथा मुगमकार्मा रोङ गाउँपालिकाको चिमाथ, पापु, माग्री लगायतका स्थानमा चारसय ५५ हेक्टर क्षेत्रफलमा कृषकले स्याउ खेती गरेका थिए ।

जिल्ला भित्र उत्पादित स्याउ सरदर प्रतिकेजी ३५ रुपैयाँका दरले विक्री वितरण भएको थियो । २०८०/८१ मा स्याउ विक्रीबाट जिल्लामा ४७ लाख २५ हजार भित्रिएको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका परियोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख तेजविक्रम मल्लले जानकारी दिए ।

‘गएको भदौ–असोज महिनामा मात्र स्याउ र स्याउका चाना विक्री गरेर दुई लाख ५० हजार बढी आम्दानी गरें । मुख्य पेशा नै यही भएकाले जीविका यसैबाट चल्छ । अहिले स्याउ खरिदको लागि बगैँचामा नै व्यापारी आउने गरेका छन् ।

कर्णाली राजमार्गको नाग्मा गमगढीको सडक खण्ड नियमित सुचारु हुँदा रारा आउने पर्यटकले समेत बोटबाटै स्याउ किनेर लैजान्छन’ छाँयानाथ रारा नगरपालिका–५ ताल्चाका कृषक हरी बहादुर रोकायाले भने ।