• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सप्तरी विचार उत्सव शुक्रबार र शनिबार

काठमाडाैं । सप्तरीको राजविराजमा सप्तरी विचार उत्सव हुने भएको छ । सप्तरी विचार उत्सवकाे पहिलाे संस्करण शुक्रबार र शनिबार आयाेजना गर्न लागिएकाे हाे ।

विणा फाउण्डेसनको आयोजनामा हुने उक्त विचार उत्सवमा १८ वटा गाउँपालिका, सप्तरी नगरपाललिका र ४० भन्दा बढी विभिन्न दलका नेता तथा बुद्धिजीवीकाे सहभागिता रहने फाउण्डेशनका अध्यक्ष बरुण झाले बताए ।

सप्तरीले देशको राजनीति र व्यवसायिक परीवर्तन गरेको यथार्थलाई मनन गर्दै आगामी दिनमा कसरी सप्तरीको विकाश गर्ने भन्ने विषयमा बहस हुनेछ । शिक्षा, राजनीति, संस्कृति र विकास निर्माणका लागि भएका चुनौति र त्यसको ब्यवस्थापनको विषयमा २ दिन विचार उत्सवमा बहस हुने र कार्यक्रमा गरीएको प्रतिबद्धतालाई समेत कार्यन्यनमा ल्याउने छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

कार्यक्रमकाे मध्यस्तकर्ताको रुपमा वरिष्ठ पत्रकार टिकाराम यात्री, श्री पाण्डे, दिलभुषण पाठक, घनश्याम मिश्र, अवधेशकुमार झा, माननीय मनिस झा, सन्तोष परियार, योगेश भट्टराई, मनीष कुमार सुमन, माधव सापकोटालगायतका वरिष्ठ व्यक्तिहरुकाे सहभागिता रहने छ ।

कार्यक्रम शिवसंकर सिनेमा हलमा हुने आयोजकले जनाएको छ ।