• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

मन्त्रालय र समितिबीच सहकार्य र समन्वय आवश्यक : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रालय र समितिबीच सहकार्य र समन्वयको वातावरण सिर्जना गर्नुपर्ने बताएकी छिन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासंगको छलफलमा उनले प्राप्त भएका सुझावहरुको आधारमा मन्त्रालयले केही काम र अध्ययनहरु अगाडि बढाएको भन्दै यसको लागि सहज वातावरण बनाउन आग्रह गरिन् ।

उनले भनिन्,‘विद्यालय शिक्षा ऐनमा संशोधनकर्ताहरुको सुझावहरु आइरहेको छ यो निरन्तर छ । जेजे सुझावहरु आएको छ यसको बारेमा मन्त्रालयले केही काम र अध्यन गर्दै छ । त्यसलाई एउटा समयसिमा बनाएर अगाडि बढ्नु पर्छ भन्ने मलाई लागेको छ । मन्त्रालय र समितिबीच सहकार्य र समन्वय गरेर अगाडि बढ्ने कुरालाई अलि सजिलो बनाउन आग्रह गर्न चहान्छु ।’

सबैको सुझावले नै मन्त्रालयले आफ्नो बाटो तय गर्ने भन्दै प्राप्त भएका सैद्धान्तिक कुराहरुलाई धारणा बनाएर अगाडि बढ्ने उनको भनाई छ ।