• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

संविधान र कानूनलाई शिरमा राखेर काम गर्छु : महान्यायाधिवक्ता बडाल

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पद भारका क्रममा महान्यायाधिवक्ता बडालले संविधान र कानूनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘संविधानले जे दायरा लागू गरेको छ, त्यो दायरा अनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाहीहरु गर्ने छ । यो काम गर्दा हामीले शिरमा संविधान र कानूनलाई राख्छौं । संविधान र कानूनले जे निर्दिष्ट गर्छ त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट केही काम हुँदैन् ।’

उनले महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने समेत प्रतिवद्धता जनाएका छन् ।पदभार ग्रहणसँगै पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बिदाइ पनि गरिएको छ ।