• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

पशुपति परिसरमा ईस्कोनका भक्तमाथि हातपात, हिन्दूत्वको खोल ओडेर एकता भड्काउन खोजियो

काठमाडाैं । आराध्य देव श्री पशुपतिनाथको मन्दिर परिसरमा गत बुधबार बिहान इस्कोनका भक्तहरूमाथि हातपात भएकाे छ । पवित्र ग्रन्थ गीता च्यात्ने र भगवानको नाम संकीर्तन रोक्ने जस्ता जघन्य अपराध भएको नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) नेपालले विज्ञप्ति मार्फत जनाएको छ। साथै, दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग अपिल समेत गरेको छ।

ईस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दास द्वारा हस्ताक्षरित विज्ञप्तिका अनुसार, वैदिक सनातन हिन्दू धर्मको आधारभूमि तथा हिमवत खण्डको रूपमा परिचित नेपाल विश्वकै हिन्दू धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो।

वैदिक सनातन धर्मको महिमा विश्वभर प्रचार गर्ने पवित्र उद्देश्यले शिला प्रभुपादद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ स्कोन ले आज विश्वका १५० भन्दा बढी राष्ट्रमा वैदिक संस्कृतिको झण्डा फरफराउन सफल भएको छ। जसको विश्वस्तरमा प्रशंसा भइरहेको कुरा बताइएको छ।

साथै तर देवभूमि नेपालमा भने हिन्दूत्वको खोल उनी हिन्दू धर्ममा रहेको एकता भड्काएर हिन्दु धर्म मास्न उद्दत्त समूहले आरध्यदेव भगवान पशुपतिनाथको मन्दिर परिसरमा स्कुल आबद्ध भगवान श्रीकृष्णका भक्तहरू माथि हातपात गर्ने पवित्र ग्रन्थ गीता च्यात्ने र भगवानको नाम संकीर्तन रोक्ने जस्ता जघन्य अपराध गरेको पाइएको हुँदा यस घटना प्रति गम्भीर ध्यानाकर्षण भएको छ।