• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

कीर्तिपुर खेल मैदानको प्रगतिविणवर सदनमा प्रस्तुत गर्न सांसद डाँगीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रधानमन्त्री वा खेलकुद मन्त्रीले कीर्तिपुर खेल मैदान निर्माणको प्रगति सदनलाई जानकारी गराउन माग गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले कीर्तिपुर खेल मैदानको भौतिक कार्यप्रगतीको विवरण प्रधानमन्त्री आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प्रत्येक महिना प्रस्तुत गनु पर्र्ने माग राखेकी हुन् ।

उनले भनिन्, ‘म सभामुख मार्फत प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कीर्तिपुर खेल मैदानको भौतिक प्रगती के भईरहेको छ सोध्न चहान्छु र कार्यप्रगती विवरण प्रधानमन्त्री आफैले अथवा खेलकुद मन्त्रीले यस सदनमा प्रत्येक महिना प्रस्तुत गर्न माग राख्न चहान्छु।’

यस्तै, उनले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न बनाउने निर्णय गरेको १५ दिन भइसक्दा पनि केही नभएको भन्दै केबल समाचारका लागि बोल्न र देखाउनको लागि घोषणा गर्ने कुराको अन्त्य हुनुपर्ने बताईन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेपछि असार ३१ गते मन्त्रिपरिषद्को पहिलो बैठकमा ३ सय दिनभित्र कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न बनाउने निर्णय गर्नुभएको थियो । उक्त निर्णयमा दर्शक बस्ने ठाँउ, रातीको खेलका लागि लाइट र अन्य संरचनाहरु बनाउने निर्णय भएको थियो । आज साउन १४ गते भइसक्यो, उक्त निर्णय भएको पनि १५ दिन भइसकेको छ । यस सदनप्रति सरकार जवाफदेही हुनै पर्छ केबल समाचारका लागि बोल्न र देखाउनको लागि घोषणा गर्ने कुराको अन्त्य गर्नै पर्छ ।’