• २०८३ साउन २५
  • 2026 August 10, Monday

युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।

उनले भने, ‘सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता छ, यसका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने देखिएको छ , राष्ट्र निर्माणको अभियानमा देशभित्रै रोजगारीको अवसर खोज्न सम्पुर्ण युवा युवतीहरुमा हार्दिक अनुरोध गर्न चाहान्छु ।’

साथै उनले युवाहरुलाई बिउविजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा सरकार रहेको जानकारी गराए ।

उनले भने , ‘युवाहरुलाई बिउविजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा छौं । ’