• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेका बताएकी छिन् ।

नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद्ले पाल्पाको रामपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले बाल संरक्षण कानुन स्पष्ट नरहेको बताएकी हुन् ।

‘बालसंक्षण कानुन स्पष्ट छैन, सबै बालबालिका समेट्ने कानुन जरूरी छ’,उनले भनिन् । दृष्टिवीहिन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्नेगरी एकीकृत कानुन बनाउनुपर्ने उनको भनाइ थियो । यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराइन्।

उपसभामुख रानाले घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने र यसले आदिवासी जनजाति सममदायको जिविकोपार्जन र समृद्धिमा मद्दत पुर्याउँछ भनिन् ।नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको र अरूलाई लडाएर आँफू स्थापित हुने प्रवृत्ति रहेको भन्दै उपसभामुख रानाले एकता जरूरी रहेको बताइन । आवश्यक पर्दा आफ्नो मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

आदिवासी जनजाति समुदायले शिक्षालाई जोड दिएर नेतृत्वमा आउन प्रतिस्पर्धा गर्नुपर्ने र राज्यको संयन्त्रमा जिम्मेवारी निर्वाह गर्न सक्षम हुनुपर्ने उपसभामुख रानाले सुझाब थियो कालीगण्डकी करिडोर सडक सुन्दर रहेको तर ठाउँ ठाउँमा पहिरोले भत्केको भन्दै सुधारका लागि आफूले अर्थमन्त्री विष्णु पौडेलसँग पहल गर्ने उनले प्रतिबद्धता पनि जनाइन् । कार्यक्रममा आदिवासी जनजाति महासंघका अगुवाले क्षेत्रका समस्याहरूको बारेमा मागपत्र बुझाएका थिए ।