• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

आफ्नो लागि राजनीतिकिकरण गर्न नेपालका आम आदिवासी जनजातीहरु चुकेका छन् : उपकुलपति राई

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भूपाल राईले नेपालको सबैभन्दा ठूलो विचार आदिवासी जनजातीको भएको बताएका छन् ।

बिहीबार नवौं तामाङ ज्ञान महोत्सवलाई सम्बोधन गर्दै उनले आफ्नो विचारमा राजनीतिकिकरण गर्नको लागि पछि पर्न नहुँने बताएका हुन् ।

उनले भने, ‘नेपालको सन्र्दभमा सबैभन्दा ठुलो विचार भनेको आदिवासी जनजातीको हो, यहाँको राष्ट्रहरुको विचार हो, हाम्रो आफ्नो चिजलाई राजनीतिकिकरण गर्नको लागि हामी एकदमै चुकीरहेका छौं, राजनीति भनेको भोट माग्नु र जितेपछि मन्त्री सांसद मात्र बन्नु होइन् यो भनेको एउटा भोटको खेति मात्र हो, आफ्नो लागि हरेक विषयमा लड्नु भनेको नै राजनीतिकिकरण गर्नु हो, यो राजनीतिकिकरण गर्ने पोल्टिसाइज गर्नुमा चाँही नेपालका आम आदिवासी जनजातीहरु चुकेका छन् ।’

साथै, उनले राजनीति गर्न नसक्दा राज्य सत्ताले आदिवासी जनजातीलाई ओझेलमा पारेको आरोप लगाए । उनले राज्यले मात्र गर्छ भनेर आफूले लड्न नसक्दा तामाङ जनजाती राज्य सत्तामा पछाडी परेको बताए ।