• २०८३ साउन २९
  • 2026 August 14, Friday

टानको अध्यक्षमा पाण्डे विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत ल्याए ।

यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराए ।चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्सालर द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए ।

सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी भए । सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चय भए ।पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्य पदमा निर्वाचित भएका छन् ।नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो ।