• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको विदाई

काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको विदाई गरिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो ।सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिएका छन् ।

उनले भने, ‘तपाईहरु जुन खेलको लागि जादैँ हुनुहुन्छ त्यहाँ आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न होइन नेपालको प्रतिनिधि भएर जादैँ हुनुहुन्छ । गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिन चाहन्छु ।’

यसको साथै, उनले दशरथ रङ्गशालाको काम छिटोभन्दा छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने कोशिसमा रहेको पनि बताए ।उनले भने, ‘दशरथ रङ्गशालाको कुरा चर्चामा आइरहेको छ । म विश्वास दिलाउन चाहन्छु छिटोभन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोशिसमा छु ।’