• २०८३ कार्तिक २४
  • 2026 November 10, Tuesday

पूर्णिमा लामालाई सर्वोत्कृष्ट गायिका अवार्ड

काठमाडौं । गायिका पुर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित भएकी छन् ।
‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट गायिका लामाले आधुनिक तथा पप गायिका बिधाबाट सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।

नवदुर्गा पार्टी भेन्यु सुकेधारास्थित आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ समारोहकाबिच उनी सम्मानित भएकी हुन् ।नेपाली गीत संगीत क्षेत्रमा लामाले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै आयोज कमिटीद्वारा लामालाई खादामाला लगाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो।

डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा सातसय बढी गीत सार्वजनिक भएका छन् ।उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् । संगीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन्,‘गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान संगीत अधुरो छ ।’