• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

महजोडीको देशव्यापी ‘महजात्रा’ कात्तिक २९ गतेदेखि

काठमाडौं । झण्डै एक दशकपछि कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचाय (मह)को जोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन् ।

कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना बिहीबार पत्रकार सम्मेलनमाफर्त जानकारी गराइएको हो ।मानवसेवा आश्रम र मीरा फाउण्डेसनको सहयोगार्थ सुश्री मिडियाले कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । काठमाडौंमा १२ र मोफसलका सहरमा पनि १२ स्टेज शो आयोजना हुने आयोजकले बताएको छ ।

जात्रामा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित किरण केसी, नरेन्द्र कंसाकार, राजाराम पौडेल, शैलेन्द्र सिंखडा, शिवहरि पौड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभूषा बस्नेतले महजात्रामा हास्यव्यंग्य प्रस्तुति दिनेछन् ।लामो समयपछि हुन लागेको यो कार्यक्रममार्फत वर्तमान देशकाल, परिस्थिति र विकृतिलाई हास्यव्यंग्य मार्फत कटाक्ष गरिने अभिनेता समेत रहेका हरिवंशले जानकारी दिए ।